दफा ४
कुनै व्यक्ति वा संस्था वा रेडियो यन्त्रका सम्बन्धमा यो ऐन लागू नहुने गर्न नेपाल सरकारको अधिकार
यो ऐन अन्तर्गत नियम बनाई नेपाल सरकारले केही शर्त तोकी वा नतोकी कुनै व्यक्ति वा संस्थाको सम्बन्धमा वा तोकिए बमोजिमको कुनै रेडियो यन्त्रका सम्बन्धमा यो ऐनको कुराहरु लागू नहुने गर्न सक्छ ।